RayNewsDaily
शेयर बजार आज पनि वृद्धि, नेप्से २७ सय विन्दुभन्दा माथि   

रे समाचार/काठमाडौं । केही दिनदेखि उकालो लागिरहेको शेयर बजार आज पनि वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ९.१४ अंकले वृद्धि भई २७०३.९६ विन्दुमा पुगेको छ ।

नेप्सेमा वृद्धि भए पनि आज कारोबार रकममा भने सामान्य गिरावट आएको छ । हिजो ९ अर्ब ७४ करोड ४८ लाखको शेयर किनबेच भएकोमा आज ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज नेपाल फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी खानीखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भूगोल इनर्जी डेभलेपमेन्ट कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्तकोशी डेभलेपमेन्ट बैंकको शेयरमूल्य भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी गुसाँस लघुवित्तको ९ प्रतिशतभन्दा बढी र धौलागिरी लघुवित्तको शेयर ५ प्रतिशतभन्दा बढीले घटेको छ ।  

कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ६८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, साहस ऊर्जा कम्पनीको २७ करोड २८ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने सप्तकोसी डेभलेपमेन्ट बैंकको शेयर २६ करोड २८ लाख रुपियाँको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहमध्ये आज ५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने अन्य सबै उपसमूहको शेयर वृद्धि भएकोे छ । आज फाइनान्स उपसमूहको शेयर सर्वाधिक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update