RayNewsDaily
शेयर बजार २८ अंकले वृद्धि   

रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २८.९१ अंकले वृद्धि भई २६६०.३९ विन्दुमा पुगेको छ ।

नेप्सेमा भएको वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ३८ करोड ७२ लाखकोको शेयर कारोबार भएकोमा आज ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर ९.८७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी बरुण हाइड्रो पावर, राप्ती हाइड्रो पावर र सपोर्ट माइक्रो फाइनान्सको शेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । युनिलिभर नेपाल लिमिटेडको शेयर आज २.१३ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चरल एन्ड डेभलेपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड १६ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ४५ करोड ५५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको शेयर २५ करोड ८३ लाख रुपियाँको शेयर किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको मूल्य घटेकोे छ भने बाँकी सबै उपसमूहको शेयरमूल्य वृद्धि भएको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ । यसैगरी, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । उत्पादन तथा प्रशाेधन र व्यापार उपसमूहकाे परिसूचक भने सामान्य घटेकाे हाे । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update