
रे समाचार/काठमाडौं । शेयर बजार आज पनि वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ९.१९ अंकले वृद्धि भई २६३१.४८ विन्दुमा पुगेको छ ।
नेप्से वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब १२ करोड १७ लाखको शेयर किनबेच भएकोमा आज ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज राप्ती हाइड्रो पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी धौलागिरी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर पनि ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज पञ्चकन्या माई हाइड्रो र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा भने सर्वाधिक ४ प्रतशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ५३ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सानिमा माई हाइड्रो पावरको ३१ करोड ४७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको शेयर ३० करोड ७५ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको मूल्य घटेकोे छ भने बाँकी सबै उपसमूहको शेयरमूल्य वृद्धि भएको छ ।