RayNewsDaily
चिनियाँ तथा विदेशी पत्रकारद्वारा तिब्बती बौद्ध विश्वविद्यालयको अवलोकन भ्रमण

रे विेशेष सम्वाददाता/ल्हासा, तिब्बत । 'China Walk Towards Modernization' अन्तर्गत चीनको तिब्बत (Xi Zang) टुर कार्यक्रममा सहभागी हुन ल्हासा पुग्नु भएका नेपाल, भारत, बंगलादेश, कम्वोडिया र मंगोलियाका २० जना सञ्चारकर्मीहरु र चाइना मिडिया ग्रुपका पत्रकारहरुले आज चीनको (तिब्बत) स्वायत्त प्रदेशको राजधानी ल्हासास्थित तिब्बती बौद्ध धर्मशास्त्र विश्वविद्यालयको स्थलगत अवलोकन गरेका छन् ।

nnb-1751218655.jpg
अवलोकनका क्रममा विश्व विद्यालय पुग्नु भएका चिनियाँ तथा विदेशी पत्रकारहरुलाई भिक्षु तथा भिक्षुणीहरुले भव्य स्वागत गर्दै आशिस वचन समेत प्रदान गर्नुभएको थियो । विश्वविद्यालयको अवलोकन भ्रमण गर्ने क्रममा पत्रकारहरुले भिक्षु तथा भिक्षुणीको कक्षा अवलोकन गर्दै जिवित बुद्ध (अवतारी लामा) हरुसँग खाना खाने र बास्केट बल, टेबुलटेनिस लगायतका खेलहरु पनि खेलेका छन् ।

WeChat-Image_20250629223910-1751218718.jpg
दर्जनौ भिक्षु तथा भिक्षुणीहरुले कक्षा कोठामा कम्प्युटर चलाउँदै गर्नुभएको अध्ययन र धार्मिक शिक्षाको प्रभावकारिता देखेर सीएमजीसँगै विभिन्न देशका पत्रकारहरुले आश्चर्यभाव व्यक्त गर्नुभएको थियो । स्थलगत अवलोकन भ्रमणका क्रममा उक्त संस्थामा गरिने बौद्धधर्म सम्बन्धी साङ्केतिक बहसले चिनियाँ तथा विदेशी पत्रकारहरुको ध्यान आकर्षित गरेको थियो । भ्रमणका क्रममा रे टेलिभिजनका पत्रकारहरुले भिक्षु-भिक्षुणीहरुसँग समसामयिक विषयमा विचार विमर्श गर्नुभएको थियो भने केही विशेष भिक्षुहरुसँग अन्तरवार्ता पनि लिनुभएको थियो । 

ook-1751218919.jpg
रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेलका अनुसार उक्त विश्वविद्यालयमा सयौँको संख्यामा भिक्षु-भिक्षुणीहरु अध्ययनरत हुनुहुन्छ भने ९ जना जिवित बुद्ध अर्थात् अवतारी लामाहरु पनि रहनु भएको छ ।

okj-1751218950.jpg
विदेशी तथा चिनियाँ पत्रकारहरुले सो विश्व विद्यालमा आयोजना गरिएको ताली पड्काएर गरिने शास्त्रार्थको समेत अवलोकन गर्नुभएको थियो । तिब्बती बौद्ध धर्ममा ताली पड्काएर बहस गरिन्छ । ताली बजाएर वा दाहिने हातको हत्केलाले देब्रे हातको हत्केलामा ठोकेर गरिने शास्त्रार्थ एक अनौठो र दार्शनिक रूपमा गहिरो बहस–पद्धति हो । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update