RayNewsDaily
अन्तर्राष्ट्रिय संचारकर्मीलाई ल्हासामा भव्य स्वागत सत्कार

रे समाचार/ ल्हासा, तिब्बत, चीन । 'China Walk Towards Modernization' अन्तर्गत चीनको तिब्बत (Xi Zang) टुर कार्यक्रममा सहभागी हुन ल्हासा आइपुग्नु भएका विभिन्न ५ वटा देशका २० जना सञ्चारकर्मीहरुलाई एक विशेष समारोहको आयोजना गरी भव्य स्वागत गरिएको छ ।

511502341_1070013587889410_2371839706863532939_n-1751129168.jpg
ल्हासा रेल्वे स्टेशनमा आयोजित उक्त समारोहमा भब्य साँस्कृतिक कार्यक्रम, वृतचित्र प्रर्दशन र स्थानीय कला प्रर्दशनी गरिएको थियो भने पाहुना संचारकर्मीहरुलाई स्थानीय सँस्कृति अनुसार खादा लगाईदिएर नौनी हालेको चिया खुुवाउँदै नाचगान सहित भव्य स्वागत गरिएको थियो । Media Tour मा निस्केका अन्तर्राष्ट्रिय संचारकर्मिहरुलार्ई संसारकै उच्च भूभागमा गुड्ने छिङहाई-तिब्बत रेलबाट यात्रा गर्न आमन्त्रण गरिएको हो । 

3-1751129270.jpg
उरु कार्यक्रमलाई सम्बोधन गर्नु हुदै CMG Asian African Language Programmings Centre का  निर्देशक An Xiaoyu  नेपाल, भारत, बंगलादेश, कम्बोेडिया र मंगोलियाका सहभागी संचारकर्मीहरुलाई स्वागत गर्नु भयो । उहाँले तिब्बत स्वायक्त प्रदेश स्थापनाको ६० औं वार्षिक उत्सवको अवसरमा “संसारको छानो“ तिब्बतमा ५ वटा देशका २० जना संचारकर्मीहरुलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । साथै उहाँले विदेशी संचारकर्मीहरुलाई तिब्बतमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । 

An-Xiaoyu-1751129662.jpgMr. An Xiaoyu, Director, CMG Asian African Language Programmings Centre

निर्देशक An Xiaoyu ले आमन्त्रित संचारकर्मी साथीहरुले सिएमजीका संचारकर्मीसँग मिलेर तिब्बतका बारेमा समाचार तथा रिपोटिङहरु तयार पार्ने विश्वास व्यक्त गर्नुभयो । तिब्बत स्वायत्त प्रदेशले हासिल गरेका दिगो विकास, गरिवी निवारणमा प्राप्त गरेको विजय, वातावरणीय संतुलन (ग्रीन हरित विकासा) तथा पर्यटन उद्योगले लिएको उचाई जस्ता विषयहरुमा सीएमजीले आफ्ना साझेदार मिडियासँग मिलेर तिब्बतका कथाहरु -Xizang Story_ विश्वभरी पुर्याउने बताउनुभयो ।

सहभागी सञ्चारकर्मीहरुले तयार पार्नुभएका वास्तविक तिब्बत, तिब्र गतिमा उन्नतीको पथमा रहेको तिब्बत र खुल्ला तिब्बतका रिपोर्टहरु संसारभरी हेर्न पाईने बताउनुभयो । 

Hu-Rui-1751129813.jpgHu Rui, Deputy Minister of the Publicity Department of the Tibet Autonomous Region, China

उक्त कार्यक्रमा तिब्बत स्वायत्त प्रदेशका प्रचारप्रसार विभागका उपमन्त्री हु रुईले तिब्बत स्वायत्त प्रदेश स्थापना कालको ६० औं वार्षिक उत्सवको अवसरमा सीएमजीसँग मिलेर China walk Towards Mederrization-Xizang Tour सहआयोजना गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय मुलधारका सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई ल्हासामा हार्दिक स्वागत गर्नुभयो । उहाँले तिब्बतको विकास र रुपान्तरणको बारेमा सीएमजीले सँधै ठूलो महत्व दिएको बताउनुभयो ।  साथै उहाँले तिब्बत स्वायत्त प्रदेश स्थापनाको ६० औैं वार्षिकोत्सवको अवसरमा हुन लागेको China walk Towards Mederrization-Xizang Tour ले यस प्रदेशको उल्लेख्य प्रगति र विभिन्न क्षेत्रमा हासिल भएका उपब्धिहरुबारे वृहत कभरेज हुने विश्वास पनि गर्नुभयो । 

509399178_1431201834852552_5664014761213559237_n-1751129984.jpg
सो कार्यक्रममा रे टेलिभिजनका सदस्य तथा लोकप्रिय कलाकार तथा गायक जिवेससिंह गुरुङले चिनियाँ गायकहरुसँगै प्रस्तुती दिनुभएको थियो । सो कार्यक्रम सम्पन्न भए पश्चात सञ्चारकर्मीहरुले आधुनिक रेलबाट सिगात्छे सहरको यात्रा गर्नुभएको थियो । 

508657232_719049630990245_9221828671183900409_n-1751130024.jpg
दिनभर सिगात्सेको तासियोलो गुम्वाको अवलोकन पश्चात विशेष रेलबाट सञ्चारकर्मीहरु ल्हासा फर्किएका थिए । उक्त मिडिया टुरमा रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेल, रे टेलिभिजनका ब्रान्ड म्यानेजर उपमा पौडेल, प्रोडक्सन सहयोगी सुजन श्रेष्ठ र रितिकसिंह ठकुरी सहभागी हुनुहुन्छ । 
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update