RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट   

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ४.४५ अंकको गिरावट आई २५९५.७४ विन्दुमा पुगेको छ ।

नेप्सेमा झीनो गिरावट आए पनि आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो ५ अर्ब ९४ करोड २८ लाखको शेयर कारोबार भएकोमा आज ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज ग्रिन डेभलेपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी सप्तकोशी डेभलेपमेन्ट बैंकको शेयर ९ प्रतिशतले वृद्धि भएको छ । बरुण हाइड्रोपावरको शेयर ८ प्रतिशतभन्दा बढी र पिपुल्स हाइड्रोपावरको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज रिलायबल समृद्धि योजनाको शेयर ९ प्रतिशतभन्दा बढीले र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर ६ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज पनि बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड ५२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ३९ करोड २० लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने न्यादी ग्रुप पावरको शेयर ३२ करोड ३२ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको मूल्य वृद्धि भएकोे छ भने बाँकी सबै उपसमूहको शेयरमूल्य घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update