
रे समाचार/काठमाडौं । केही दिनदेखि साइडवेजमा गएको शेयर बजार आज पनि स्थिर जस्तै भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ०.३३ अंकको गिरावट आई २६००.२० विन्दुमा पुगेको छ ।
नेप्सेमा झीनो गिरावट आए पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ५ अर्ब ७६ करोड ७८ लाखको शेयर किनबेच भएकोमा आज ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज मोदी इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी तेह्रथुम पावर लिमिटेडको शेयर पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पञ्चकन्या माई हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर र त्रिशूली जलविद्युत् कम्पनीको शेयर ७ प्रतिशतभन्दा बढीले बढीले वृद्धि भएको छ । आज जोशी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५३ करोड ९४ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको ३६ करोड १६ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको शेयर २४ करोड ८९ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको मूल्य वृद्धि भएकोे छ भने बाँकी सबै उपसमूहको शेयरमूल्य घटेको छ ।