
रे समाचार/काठमाडौं । शेयर बजार आज झीनो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ०.२२ अंकको गिरावट आई २६००.५३ विन्दुमा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ४७ करोड १९ लाखको शेयर किनबेच भएकोमा आज ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर ८ प्रतिशतभन्दा बढीले र हिमालयन पावर पार्टनरको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी, खानीखोला हाइड्रो पावर र पियोर इनर्जी लिमिटेडको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआइसी एसिया डिबेन्चरको शेयर आज सर्वाधिक ५ प्रतशत र दोर्दी खोला जलविद्युत्को शेयरमा ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ६५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको २३ करोड ९६ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भन हिमालयन पावर पार्टनरको शेयर २३ करोड ८५ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको मूल्य वृद्धि भएकोे छ भने बाँकी सबै उपसमूहको शेयरमूल्य घटेको छ ।