रे समाचार/काठमाडौं । दुई दिनसम्म लगातार घटेर बन्द भएकमो शेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ८.१३ अंकले वृद्धि भई २६०४.११ विन्दुमा पुगेको छ ।
नेप्सेमा सुधार आए पनि आज कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १४ करोड ५८ लाखको शेयर किनबेच भएकोमा आज ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।
आज जोशी हाइड्रोपावर लिमिटेड र पञ्चकन्या माईको शेयर सकारात्मक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, बरुण हाइड्रो पावर र पाँचथर पावर कम्पनीको शेयरको ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पियोर इनर्जी लिमिटेडको शेयर ५ प्रतिशतभन्दा बढी र दार्दी खोला जलविद्युत् कम्पनीको शेयरमा ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५२ करोड १८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, बुटवल पावर कम्पनीको ४२ करोड १७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने न्यादी ग्रुपको शेयर ३३ करोड ६० लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको मूल्य घटेको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्य वृद्धि भएको छ ।