RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट 

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज १.२८ अंकको गिरावट आई २६५३.४७ विन्दुमा पुगेको छ । नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रूपियाँको शेयर किनबेच भएकोमा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रूपियाँको शेयर कारोबार भएको छ ।

आज पियोर इनर्जी लिमिटेड र जोशी हाइड्रो पावर लिमिटेडको शेयर सकारात्मक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, युनियन हाइड्रो पावरको ९ प्रतिशतभन्दा बढी र सिंगटी हाइड्रो पावर र पञ्चकन्या माई हाइड्रो पावरको शेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कर्पोरेट डेभलेपमेन्ट बैंकको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज पनि सानिमा माई हाइड्रोपावर शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७१ करोड ७८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सिंगटी हाइड्रोपावरको ६१ करोड ८० लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ४५ करोड ३२ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको मूल्य बढेको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update