RayNewsDaily
लघुवित्तमा लगानीकर्ताको आकर्षण

 

रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । अघिल्ला दुई दिनमा सामान्य अंक बढेर बन्द भएको  शेयर बजार मापक नेप्से आज ३.९० अंक घटेर २६५४.७५ विन्दुमा झरेको छ । 

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । पियोर इनर्जीको शेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बुटवल पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने आज सर्वाधिक ४.६२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, बुटवल पावर कम्पनीको करिब साढे ६० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज तीनवटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ४५ वटा कम्पनीको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि वृद्बि भएको हो।  

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update