RayNewsDaily
प्रगतिशिल कानून व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित   

काठमाण्डू । नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानून व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन हुनुभएको छ ।

गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीनजना सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । गत शनिबारदेखि पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update