
रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज २.१३ अंकले वृद्धि भई २६५७.५२ विन्दुमा पुगेको छ । नेप्से वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ ।
हिजा १२ अर्ब ५१ करोड ५३ लाखको शेयर किनबेच भएकोमा आज ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रूपियाँको शेयर किनबेच । आज तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रिन डेभलेपमे्रन्ट बैंक, पियोर इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रो पावरको शेयर सकारात्मक सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बरुण हाइड्रो पावर र युनियन हाइड्रो पावरको शेयर पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल हाइड्रो पावर डेभलपर्सको शेयरमूल्यमा भने आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८९ करोड १ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, न्यादी ग्रुप पावरको ८७ करोड २० लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको मूल्य बढेको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ ।