RayNewsDaily
प्रसाईसहित सात जना पुर्पक्षका लागि थुनामा

काठमाण्डू । जिल्ला अदालत काठमाण्डूले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update