RayNewsDaily
चीन र भारतसँगको आर्थिक सहयोगलाई विस्तार गर्दै लैजाने सरकारको योजना : मन्त्री भण्डारी
दामोदर भण्डारी, मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति

रमेश हतुवाली/काठमाण्डू । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवद्र्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाईएको बताउनुभएको छ ।

Front-line-1749635562.jpg
फ्रेण्डस् अफ सिल्क रोड क्लब-नेपालले आज काठमाण्डूमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजनामा रहेको बताउनु भयो । मन्त्री भण्डारीले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताउनु भयो । मन्त्री भण्डारीले आफ्नो भू-राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानूनहरू परिवर्तन गरेको जानकारी दिनुभयो ।

Udghatan-1749635787.jpgकार्यक्रम शुभारम्भ गर्नुहुँदै मन्त्री दामोदर भण्डारी

सार्वजनिक सेवा प्रसारण संस्था (पि.एस.बि.ए) का कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न गर्नुभएको चीन भ्रमणको प्रसंग उल्लेख गर्नुहुँदै भ्रमणमा चीनका वरिष्ठ अधिकारीहरुले चीन र नेपालबीचको सहकार्यका क्षेत्रहरुलाई व्यापक रुपमा उजागर गरेको जानकारी दिनुभयो । साथै अध्यक्ष विष्टले स्थिरता भए विकास हुन्छ भन्ने मुल सन्देश पनि चिनियाँ नेतृत्वले भ्रमणमा दिएको धारणा व्यक्त गर्नुभयो ।

Mahendra-Bista-1749635673.pngडा.महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्था

कार्यक्रम आयोजक संस्था फ्रेण्डस् अफ सिल्क रोड क्लब-नेपालका महासचिव डाक्टर कल्याण राज शर्माले चीनले अघि सारेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ अवधारणा र यसको महत्व परिवर्तनशिल विश्वमा बढेर गएको बताउनुभयो । डा. शर्माले जलवायु परिवर्तन, गरिवी निवारण, शान्ति स्थापना र समृद्धि निर्माणका लागि विश्व समुदाय एक हुनुपर्ने सन्देश छिमेकी चीनले दिएको उल्लेख गर्नुभयो ।

494821972_1070572591837700_4086330427725348708_n-1749635901.pngडा.कल्याण राज शर्मा, महासचिव, फ्रेण्डस् अफ सिल्क रोड क्लब-नेपाल

कार्यक्रममा मानवअधिकारवादी नेता सुशिल प्याकुरेल, जापानका लागि पूर्व नेपाली राजदूत डा. विष्णु हरि नेपाल, डा. उद्धव प्याकुरेल, डा. विक्रम तिम्सीना लगायतका महानुभावहरुले ‘साझा भविष्यसहितको समुदायको निर्माण’, नेपाल चीन सम्वन्ध, विश्व शान्तिमा नेपाल र चीनले निर्वाह गर्ने भूमिका, नेपालको आर्थिक विकासमा चीन र भारतसँगको सहकार्य, नेपालको भूराजनीतिक चुनौती, बिआरआई लगायतका विभिन्न विषयमा बोल्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update