RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । दुई दिनको लगातार वृद्धिपछि शेयर बजार आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज १३.६९ अंकको गिरावट आई २६६४.४७ विन्दुमा पुगेको छ ।

नेप्सेको गिरावटसँगै कारोबार रकम पनि गिरावट आएको । हिजो १० अर्ब १६ करोड ९ लाख ८१ हजारको शेयर कारोबार भएकोमा आज ९ अर्ब ९० करोड ७० लाख ५ हजार रूपियाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । 

आज तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुटवल पावर कम्पनी, पियोर इनर्जी लिमिटेड र सिनर्जी पावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्तकोशी डेभलेपमेन्ट बैंकको शेयरमूल्यमा भने आज सर्वाधिक ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । 

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनीको शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ५७ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सानिमा माई हाइड्रोपावर को ५९ करोड २७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज हाइड्रो पावरको शेयर वृद्धि भएको छ भने म्युच्युअल फन्डको स्थिर रहेको छ । बाँकी सबै उपसमूहको शेयरमा गिरावट आएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update