
रे समाचार/काठमाडौं । चार दिनसम्म लगातार गिरावट आएपछि शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २३.१९ अंकले वृद्धि भई २६५३ विन्दुमा झरेको छ । नेप्से वृद्धि भए पनि आज कारोबारमा भने घटेको छ । हिजो ९ अर्ब १३ करोड ७४ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रूपियाँको शेयर किनबेच भएको छ ।
आज ८ वटा हाइड्रो पावर कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मकर जितुमाया हाइड्रो पावर, पियोर इनर्जी लिमिटेड, दोल्ती पावर कम्पनी, विन्द्यवासिनी हाइड्रोपावर, बुटवल पावर कम्पनी, माया खोला हाइड्रो पावर, रावा इनर्जी कम्पनी र घलेम्दी हाइड्रो पावरका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । भूगोल इनर्जी डेभलेपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज पनि राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड २८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज तीनवटा उपसमूहको शेयर घटेको छ बाँकी सबै उपसमूहको शेयर वृद्धि भएको छ ।