राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएकामा उहाँप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । रासस
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय