सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एक जनाको हत्या   
                        
                        
                                                
                                            
                                                                    काठमाण्डू । डाकाको एक समूहले सुरुङगा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।    
    
बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिनुभयो । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ ।    
    
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ । रासस  
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १०:०४
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    