RayNewsDaily
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै   

काठमाण्डू । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ     
    
 प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहितआगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्भन्ने प्रस्ताव पेस गर्ने प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची     
    
 त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालेसङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२पेस गर्नुहुने कार्यसूची     
    
 राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएकोभन्सार विधेयक, २०८० माथि विचार गरियोस्भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ     
    
 शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलेसहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ साथैप्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ   रासस  

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update