RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटपछिको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.६० अंक बढेर २६९४.६६ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बुधबार साढे ८ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३१ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ६.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ५४ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update