RayNewsDaily
संघीय संसदमा बजेट प्रस्तुत        
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा बिहीबार बसेको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत लागि जाने क्रममा । तस्बिर:नवीन पौडेल/रासस

काठमाडौं । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरिरहनुभएको छ ।     
     
यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update