RayNewsDaily
यस वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान        
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ ।     
     
चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।     
     
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराउनुभयो ।     
     
चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update