पूर्वमन्त्री पण्डितलाई पत्नी शोक

काठमाण्डू । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबालु पण्डितलाई पत्नी शोक परेको छ ।
उहाँकी पत्नी बिमला महतको गएराति पौने १ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । बिमलालाई स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार भइरहेको थियो ।
बिमलाको निधनमा उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारण साधारणले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय