
बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ः०० बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
राससका अनुसार आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बताउनुभयो ।
यसअघि प्रदेशसभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।