RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.२१ अंक घटेर २६७४.७६ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबारमा पनि गिरावट आएको छ । हिजो ७ अर्ब ६० करोडको शेयर कारोबार भएकोमा आज ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रूपियाँको शेयर किनबेच भएको छ । 
आज पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसैगरी, बोटलर्स नेपाल लिमिटेड बालाजू र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर करिब ४ प्रतिशतले वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा आज पनि राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ६४ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, न्यादी ग्रुप पावल लिमिटेडको ५६ करोड ८६ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको ४५ करखेड ३९ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको शेयर वृद्धि भएको छ भने ११ उपसमूहको शेयर घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update