
रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ९.१४ अंक घटेर २६७९.४१ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबारमा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ९ अर्ब ८२ करोड २० लाखको शेयर कारोबार भएकोमा आज ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रूपियाँको शेयर किनबेच भएको छ ।
गत कारोबारको जस्तै आज पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेबलमा काोबार भएको छ । यसैगरी, माहुली लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशतभन्दा बढी र रिभर फल्स पावरको शेयर ७ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ७१ करोड ४९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
यसैगरी, युनिभर्सल पावर कम्पनीको ३० करोड ३१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने न्यादी ग्रुपको २९ करोड ५१ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज माइक्रो फाइनान्स उपसमूहको मात्र शेयर वृद्धि भएको छ ।