RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति भएको दिन हिजो घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । शेयर बजार मापक नेप्से आज १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा पुगेको छ । आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज बैंक समूहकाे शेयर झन्डै ४ प्रतिशतले बढेकाे छ भने हाेटल समूहकाे शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update