रे समाचार/काठमाण्डू । शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५३ अंकले वृद्धि भई २६८१.३६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ ।
हिजो ७ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ७.३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ङादी ग्रुप पावरको करिब ३७ करोडको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको साढे ३१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशतले वृद्धि भएको छ ।