RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक  नेप्से परिसूचक आज २२.९९ अंकले वृद्धि भई २६३२.०५ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ८ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update