RayNewsDaily
निक्षेप तथा कर्जा सदुपयोगिता सम्बन्धि अन्तरक्रिया सम्पन्न

रमेश हतुवाली/काठमाण्डू । काठमाण्डू टोखास्थित टोखा विकास अनुसन्धान समाजले निक्षेप तथा कर्जा सदुपयोगिता सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ । 

Banner-1-1747577892.jpg
 

बैंकिङ कारोवारमा सम्लग्न भएर पनि निक्षेप र कर्जा सदुपयोगिताका बारेमा प्रर्याप्त जानकारीको अभावमा सर्वसाधारणले विभिन्न समस्याहरु भोगिरहेको अवस्थालाई मध्यनजर गर्दै टोखा नगरपालिका वडा नम्वर १०, सामाखुशीमा शनिबार सो अन्तरक्रिया आयोजना गरिएको हो ।

अन्तरक्रिमा बोल्नुहुँदै कार्यक्रम आयोजक संस्था टोखा विकास अनुसन्धान समाजका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले पछिल्ला वर्षहरुमा विभिन्न शहकारी संस्थाहरुमा देखिएका समस्याहरुको चर्चा गर्दै निक्षेप तथा कर्जा सदूपयोगमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष रेग्मीले शहकारी क्षेत्रमा देखिएका विभिन्न समस्यामाथि गम्भिर विश्लेषण गर्नुहुँदै समस्यामा रहेका, समस्या पर्न सक्ने सम्भावना रहेका र समस्यामा रहेका शहकारीहरुका बारेमा विस्तृत जानकारी दिनुभयो । अध्यक्ष रेग्मीले सबै शहकारीमा समस्या आएको नभई शहकारीका भावना अनुरुप काम नगर्दा, शहकारी सम्बन्धि नीयमकानूनहरुको उचित पालना नगर्दा र सञ्चालकहरुले जीम्मेवारी पुरा नगर्दा समस्या देखिएको बताउनुभयो । 

Ramjee-Regmi-1747577650.jpg
रामजी रेग्मी, अध्यक्ष, टोखा विकास अनुसन्धान समाज, काठमाण्डू 

अन्तरक्रियामा बोल्नुहुँदै आई.एम.ई. शहकारी लिमिटेडका अध्यक्ष योगेश्वर ढकालले निक्षेप कर्ताले पैसा जम्मा गर्नु र व्याज लिने दिने कुरामा मात्रै ध्यान दिँदा पनि विभिन्न समस्याहरु देखिएको बताउनु भयो । शहकारीका सञ्चालक श्वयं स्वच्छ र सरल हुनुपर्ने बताउनुहुँदै अध्यक्ष ढकालले कसैले शहकारी खोलेको छु, धेरै ब्याज दिन्छु, खाता खोली दिनु भेनेकै भरमा पैसा जम्मा गर्दा पनि धेरैले ठूलो समस्या भोग्नु परेको बताउनुभयो । 

Yogeshor-Dhakal-1747577707.jpg

योगेश्वर ढकाल, अध्यक्ष, आई.एम.ई. शहकारी लिमिटेड, काठमाण्डू 

आई.एम.ई. शहकारी लिमिटेडका सूचना अधिकृत राम प्रसाद पौडेलले शहकारीले समुदाय र मुलुककै अर्थतन्त्रलाई चलायमान गर्ने बताउँदै शहकारीमा आवद्ध भैसकेपछि पनि शेयरधनीहरुले शहकारी सञ्चालकहरुका क्रियाकपालहरु र निर्णयहरुमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । 

Ramprasad-Paudel-1747577772.jpg
राम प्रसाद पौडेल, सूचना अधिकृत, आई.एम.ई. शहकारी लिमिटेड

आई.एम.ई. शहकारी लिमिटेडद्वारा प्रायोजित सो अन्तरक्रियामा झण्डै ९० जनाको सहभागीता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update