RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३.७७ अंक घटेर २६०८.०७ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ९.७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७० करोड ३७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करि साढे ४८ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसुचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update