
रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १४.१२ अंकले ओरालो लागेको छ । योसँगै परिसूचक २६३४.८६ अंकमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्ब २० करोड २७ लाख १ हजार रूपियाँको शेयर किनबेच भएकोमा आज ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा आज ७७ कम्पनीको मूल्य बढ्दा १६८ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज दुई वटा कम्पनीहरू क्रेट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ । क्षेत्रगत रूपमा जीवन बीमा, विकास बैंक र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सूचक बढेका छन् भने अरू सूचक घटेका छन् । सबैभन्दा बढी होटल र ट्रेडिङ क्षेत्रको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेको छ ।