RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.५३ अंक घटेर २६५०.११ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार साढे ११ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब २०) करोड २७ लाख १ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update