RayNewsDaily
शेयर बजारमा गिरावट, कारोबार रकम वृद्धि


रे समाचार/काठमाडौं । हिजो उच्च अंकले वृद्धि भएको शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा आइपुगेको छ । आज नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १० अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज ११ अर्ब ६५ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

आज पाँच वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी,  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र आइसीएफसी फाइनान्सकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै मूल्य घट्नेमा सिन्धु विकास बैंक रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४.१५ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सानिमा माई हाइड्रो पावर कम्पनीको ६५ करोड ४९ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये छ वटा उपसमूहको परिसूचक बढेका छन् । फाइनान्स समूह सर्वाधिक ४.३० प्रतिशतले वृद्बधि भएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update