क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक

देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ । महासचिव वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका-१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही–१८ शङ्खेपीपलघाटमा दाहसंस्कार गरिने बताइएको छ । उहाँका सात छोरा र एक छोरी हुनुहुन्छ । रासस
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ २२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय