RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि


रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । पछिल्लो चार कारोबार दिनदेखि निरन्तर घटिरहेको बजार परिसूचक आज १.०३ अंकले बढेर २६११.४३ विन्दुमा पुगेको छ ।

शेयर बजार मापक नेप्से सम्हालिने प्रयास गर्दै गर्दा हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

आज तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, रिडी पावर कम्पनीको शेयर मूल्य ९.६० प्रतिशतले वृद्धि भएको छ । वीन नेपाल लघुवित्त कम्पनीको शेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज सानिमा माई हाईड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी,  ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update