पेट्रोलियम पदार्थको मूल्य घट्यो

रे समाचार/काठमाण्डू । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य रु. दुई, डिजेल र मट्टितेलको रु.एक घटेको छ ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु. एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय