रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

रे समाचार/काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । सह-रजिष्ट्रार अच्युत कुइकेलले प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्साललाई बोधार्थ पठाउँदै रेशमलाई तत्काल रिहा गर्न आज पत्र लेख्नुभएको हो ।
यसअघि अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भएर कैदमा राख्न पठाइएको पत्र अदालतको आधिकारीक नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी चौधरीलाई रिहा गर्नु भनिएको हो ।
सर्वोच्चको पत्रका आधारमा चौधरीलाई रिहा गर्ने तयारी भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय