RayNewsDaily
भारत भ्रमणमा प्रधानन्यायाधीश शर्मा, भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुने
भारत भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई बिदाइ गरिँदै ।
  • भारतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान ।
  • भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता र भारतको सर्वोच्च अदालतको अवलोकन गर्ने कार्यक्रम ।
  • भ्रमण टोली साउन ११ गते नेपाल फर्कने कार्यतालिका ।

रे समाचार/काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि आज प्रस्थान गर्नुभएको छ । उहाँ भारतीय प्रधानन्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा भारत जानुभएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतीय समकक्षी सूर्य कान्तसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माकी पत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती पनि सहभागी हुनुहुन्छ । भ्रमण सम्पन्न गरी उहाँहरू साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update