RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ८.१४ अंक घटेर २६२३.८३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसैगरी, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ४ लाख २४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ङादी ग्रुप पावरको करिब ५३ करोडको शेयर कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ५१ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update