
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज २.०८ अंक बढेर २६५८.०२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज पनि दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज ङादी ग्रुप पावर, विन नेपाल लघुवित्त र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य भने आज सर्वाधिक ७.१२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रु पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ३४ लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ५७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ५२ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशतले वृद्धि भएको छ ।