
रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । हिजो पनि बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक आज ७.०१ अंक बढेर २६९६.२३ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो साढे ८ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र राधी विद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, ङादी ग्रुप पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ५.५५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको ५० करोड ५० लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बाराही हाइड्रोपावरको करिब ४३ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशतले वृद्धि भएको छ ।