RayNewsDaily
विश्व साम्यवादी आन्दोलनका प्रणेता माओ चतोङ

काठमाडौं । माओ चतोङ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक, जनवादी गणतन्त्र चीनका प्रवर्तक तथा विश्व साम्यवादी आन्दोलनका प्रणेता हुनुहुन्छ । माओ चतोङको जन्म चीनको हुनान प्रान्तको शाओसान गाउँमा सन् १८९३ डिसेम्वर २६ मा भएको थियो । हामी नेपाली जनता चीनका महान नेता माओ चतोङलाई माओत्सेतुङ भनी सम्बोधन गर्दछौं । त्यसैगरी चीनको राजधानी पैचिङलाई हामी बेइजिङ भन्ने गर्दछौं । चिनियाँहरू अंग्रेजी अल्फाबेटको उच्चारण हामीहरूभन्दा फरक ढंगले गर्दछन् । उनीहरू अंग्रेजी अक्षर बि को उच्चारण भनी गर्दछन् । त्यसैगरी को उच्चारण को उच्चारण , जि को उच्चारण के को उच्चारण गर्ने भएकोले चिनियाँहरूको नाम वा क्षेत्रको नाम हामीले उच्चारण गर्दा फरक परेको हो । त्यसैले हामीले माओत्सेतुङ भनी सम्बोधन गर्ने चीनका महान राष्ट्रवादी नेताको वास्तविक नाम चाहिँ माओ चतोङ हो ।

Mao1689077452.jpg

चिनियाँ जनताका प्रिय नेता माओलाई चिनियाँ जनता आज पनि अध्यक्ष माओ भनी सम्मान गर्ने गर्दछन् । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्दासम्म माओले सैयौं वर्षदेखि सामन्तवादको जाँतोमा पिसिएर नारकीय जीवन व्ययतीत गरिरहेका करोडौं चिनियाँ जनताको कुशल नेतृत्व गर्दै कम्युनिष्ट पार्टीको क्रान्तिकारी झण्डालाई अविचलित रूपमा फहराइरहनु भयो । त्यसको फलस्वरुप चिनियाँ जनमुक्ति सेनाको कठोर त्याग, तपस्या, संघर्ष र बलिदानबाट नयाँ चीनको स्थापना भयो । नयाँ चीन स्थापना भएको दिनलाई चिनियाँ जनता ‘अक्टोबर क्रान्ति’ भनी सम्बोधन गर्दछन् । 

माओ चतोङ वरिष्ठ राजनीतिज्ञ, राजनीतिक सिद्धान्तकार, सैन्य रणनीतिकार र कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो । उहाँकै कुशल नेतृत्वमा चुत, चाओ अनलाई, तङ स्याओफिङ जस्ता महान क्रान्तिकारीहरूले जापानी अतिक्रमण र च्याङकाई सेकका प्रतिगमनकारी सेनाहरूसँग दशकौंसम्म सशस्त्र संघर्ष गर्दै युद्ध सरदार र सामान्ती शासनबाट चीनलाई सदाका लागि मुक्त गरेका थिए । सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि १९७६ सेप्टेम्वर ९ मा मृत्यु हुनुअघिसम्म माओले अध्यक्षको भूमिकामा चिनियाँ कम्युनिष्ट पार्टीको कुशल नेतृत्व गर्दै चीनलाई विश्वकै शक्तिशाली राष्ट्रका रूपमा स्थापना गर्न अहं भूमिका निर्वाह गर्नुभयो । वैचारिक रूपमा माक्र्सवाद र लेनिनवादका पक्षधर माओद्वारा प्रतिपादित सैन्य रणनीति, राष्ट्रवाद र राजनीतिक सिद्धान्तलाई ‘माओवाद’ भनिन्छ । 

सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि १९७६ सेप्टेम्वर ९ मा मृत्यु हुनुअघिसम्म माओले अध्यक्षको भूमिकामा चिनियाँ कम्युनिष्ट पार्टीको कुशल नेतृत्व गर्दै चीनलाई विश्वकै शक्तिशाली राष्ट्रका रूपमा स्थापना गर्न अहं भूमिका निर्वाह गर्नुभयो । वैचारिक रूपमा माक्र्सवाद र लेनिनवादका पक्षधर माओद्वारा प्रतिपादित सैन्य रणनीति, राष्ट्रवाद र राजनीतिक सिद्धान्तलाई ‘माओवाद’ भनिन्छ । 

माओले लालसेनाको निर्माण, छापामार युद्ध, गाउँदेखि शहर घेर्ने दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गर्नुभयो । ‘क्रान्ति बन्दुकको नालबाट जन्मन्छ’ भन्ने निष्कर्षसहित माओले चीनमा नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्नुभयो । श्रमिक, मजदुर र किसानको एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नुपर्दछ भन्ने मान्यतालाई स्थापित गर्दै व्यवहारमै माओले त्यसलाई पुष्टि समेत गर्नुभयो ।  

माओले आफ्ना नीति र कार्यक्रमका माध्यमबाट वर्तमान चीनको आर्थिक तथा साँस्कृतिक विकास र पिछडिएको देशलाई संसारको प्रमुख आर्थिक शक्तिको रूपमा स्थापित गराउन गतिलो भूमिका निर्वाह गर्नुभएको थियो । राजनीतिक रूपमा माओ संसारका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मानिनु हुन्छ । अमेरिकाबाट प्रकाशित हुने ‘टाइम’ पत्रिकाका अनुसार माओ चतोङ २०औँ शताब्दीका १०० जना सबभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये अग्रस्थानमा रहनुभएको थियो । 

सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि माओ चतोङको ध्यान राजनीतिक रूपमा शक्तिशाली चीनलाई आर्थिक तथा प्राविधिक रूपमा सवल पार्नुपर्छ भन्नेतिर गयो । माओले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि आर्थिक क्षेत्रका सम्पूर्ण आधारशिलाहरूलाई बलियो बनाउने नीति तर्जुमा गर्नुभयो । सामूहिक रूपमा लाखौं जनताको सहभागितामा खेती गर्ने परम्परा थालियो । लाखौं मजदुरहरूलाई कृषि र फमाममा आधारित कच्चा पदार्थबाट उत्पादन क्षेत्रमा लाग्न ठूला ठूला उद्योगहरूको स्थापना गरियो । व्यक्तिगत सम्पत्ति र व्यक्तिगत जमिनलाई सरकारीकरण गरियो । त्यसको फलस्वरुप ठूला ठूला सडकहरू, चोकहरू, विद्यालय, विश्व विद्यालय, खेल मैदान, पर्यटन क्षेत्र र हवाई मैदाहरूको निर्माणमा बल पुग्यो । मुलुकलाई सामन्ती सत्ता र अति कमजोर अवस्थाबाट विश्वकै प्रभावशाली मुलुकमा रूपान्तरण गर्ने महान अभियानमा माओ चतोङ जीवनभर लागिरहनु भयो । ८२ वर्षको उमेरमा विभिन्न रोगहरूले थलिएर यस संसारबाट बिदा भएपछि माओले डोर्याईरहनु भएको चीनको शासनको लगाम उहाँकै सहयोद्धा तथा चीनका सुधारवादी नेता तङ स्याओ फिङको काँधमा आइपुग्यो । आजको चीन, विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल चीन, विज्ञान, प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा उपल्लोस्तरको सफलता हासिल गर्ने चीन निर्माणको सम्पूर्ण जस माओ चतोङ र तङ स्याओ फिङलाई जान्छ । 

आजको चीन, विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल चीन, विज्ञान, प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा उपल्लोस्तरको सफलता हासिल गर्ने चीन निर्माणको सम्पूर्ण जस माओ चतोङ र तङ स्याओ फिङलाई जान्छ । 

सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत थियो । सन् २०२२ मा सो हिस्सा १८.४८ प्रतिशत पुगेको छ । हाल २५ करोड जनतालाई गरिबीबाट मुक्त गर्दै सम्पन्नताको बाटोमा डो-याउन चीन सफल भएको छ । विश्व बैंकका अनुसार मानव इतिहासमा नै विगत चालीस वर्षमा चीनले आठ सय मिलियन गरिब जनताको उत्थान गरी गरिबी निवारण अभियानमा विशाल फड्को मारेको छ ।

यो सबै चिनियाँ नेताको दूरदर्शी निर्णय र योजनाको सही कार्यान्वयनबाट संभव भएको हो । चिनियाँ समाजवादको झण्डालाई जनताको जीवनस्तरसँग जोडेर अघि बढिरहेको चीनले आफ्ना महान् अनि प्रिय नेता अध्यक्ष माओ चतोङलाई कहिल्यै बिर्सने छैनन् । 


 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update