RayNewsDaily
स्रष्टा दुर्गादेवी नेपालको निधन

काठमाडौं । साहित्यकार दुर्गादेवी नेपालको निधन भएको छ । नइ प्रकाशनका संरक्षक समेत रहनुभएकी नेपालको मंगलबार साँझ नइगृह घट्टेकुलोमा निधन भएको हो ।

८६ वर्षीया नेपालको मंगलबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्रष्टा नेपालको पार्थिव शरीरमा उहाँकी छोरी इन्दिरा प्रसाईले मुखाग्नि (दागबत्ती) दिनुभएको थियो ।

दुर्गादेवी नेपालको आत्मकथा ‘बगेको खोला’ तथा कविता सङ्ग्रह ‘उनैको माया’ प्रकाशित कृति हुन् । बगेको खोला उहाँले २०६४ सालमा अमेरिका बसाइ क्रममा लेख्नुभएको थियो । सोही ग्रन्थले ‘गोधूलि पुरस्कारर' प्राप्त गरेको थियो । ‘सुकेको खोला’ लेख्ने क्रममा विगत दुई वर्षदेखि उहाँ दृष्टिविहीन हुनुभएको थियो ।

नइ प्रकाशनले २०६६ सालमा स्रष्टा दुर्गादेवी नेपाल र उहाँका पति गणेशप्रसाद शर्माका नाउँमा पुरस्कारको स्थापना गरेको थियो । एक लाख रूपैयाँ राशिको ‘नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपालबाहिरका नेपाली भाषा-साहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिँदै आएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तlमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update