RayNewsDaily
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य       

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।    
    
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा, रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।    
     
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि साे अस्पतालमा उपचाररत हुनुहुन्छ ।    

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update