नारायणगढ–मुग्लिन राजामार्गमा ठुलो पहिरो: २ बसलाई पहिरोले बगायो, दर्जनौ यात्राी बेपत्ता, गोताखोरबाट खोजी जारी
नारायणगढ–मुग्लिन राजामार्गमा ठुलो पहिरो: २ बसलाई पहिरोले बगायो, दर्जनौ यात्राी बेपत्ता, गोताखोरबाट खोजी भैरहेको छ ।
रे समाचार/काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलटारमा पहिरोले दुइटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन ।
गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२९ सिमलतालमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको थियो।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले एउटा बसमा ४२ र अर्कोमा २४ जना यात्रु भएको जानकारीमा आएको जानकारी दिनुभयो । अहिले त्रिशूलीमा खसेको बस खोज्नका लागि गोताखोर र सुरक्षाकर्मीको टोली नदीमा खटिएका छन ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
