RayNewsDaily
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइमा आज सवाल जवाफ


काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको क्रममा आज सवाल जवाफ हुनेछ ।


बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नु भएका कार्कीलाई आज सदस्यहरुले प्रश्न सोध्ने र उहाँले उत्तर दिनु हुनेछ । सवाल जवाफका लागि समितिको बैठक आज बिहान ८ बजेदेखि सुरु भएको छ ।

संसदीय समितिले नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहनु भएका कार्की प्रधानन्यायाधीश नियुक्त हनु हुनेछ । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update