RayNewsDaily
सुकेधारामा पुरुषको शव फेला   

काठमाडौं । काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ ।    
    
काठमाडौँ महानगरपालिका-४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भई हाल काठमाडौँ-७ चावहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।    
    
प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update