
स्तानबुल । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि जितेको छ ।
टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीयन क्लब इन्टर मिलानलाई १–० ले हराउदै सिटी पहिलोपल्ट च्याम्पियन्स लिग च्याम्पियन बनेको हो ।
सिटीका लागि रोड्रीले ६८ औं मिनेटमा खेलको एक मात्र निर्णयक गोल गर्नु भयो । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले प्रिमियर लिग र एफए कप र च्याम्पियन्स लिग सहित ट्रेवल उपाधि सिजनाको तीन मुख्य उपाधि जितेको छ ।
सन् २०१६ मा सिटी आउनु भएका प्रशिक्षक पेप ग्वार्डिओलाले ८ वर्षको लामो प्रतिक्षा पछि अन्तत सीटीलाई युरोपियन च्याम्पियन्स बनाउनु भएको छ । सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो ।